Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सांसद न्यौपानेद्वारा शुक्लागण्डकीमा सांसद जनसंवाद कार्यक्रम ः स्थानीय विकास पूर्वाधार निर्माणमा जोड

  • 220
    SHARES
  • 220 Shares
  • दुलेगौंडा १७ साउन
    तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले आइतबार शुक्लागण्डकी नगरपालिकाका दुई वडामा सांसद जनसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ। नगरपालिकाको वडा नम्बर–३ टार र वडा नम्बर–८ को पाटनमा आयोजित कार्यक्रममा सांसद न्यौपानेले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय विकास, पूर्वाधार निर्माण तथा जनसरोकारका विषयमा छलफल गर्नुभएको हो।
    कार्यक्रममा बोल्दै सांसद न्यौपानेले तनहुँ क्षेत्र नम्बर–२ मा लामो समयदेखि अलपत्र परेका दुई महत्वपूर्ण सडक आयोजना दुलेगौंडा–हर्कपुर मोटरमार्ग र शृङ्गा पथ निर्माणलाई अघि बढाउन आवश्यक कानुनी आधार तयार पार्न पहल भइरहेको बताउनुभयो। उहाँले आफ्नै पहलमा पूर्वाधार अदालत गठनसम्बन्धी कानून तथा व्यवस्थित सार्वजनिक खरिद  ऐन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।

    111.jpg
    undefined


    उहाँका अनुसार यी कानून निर्माण भएपछि पूर्वाधार आयोजनामा देखिएका कानुनी तथा प्रक्रियागत जटिलता समाधान हुने र दुलेगौंडा–हर्कपुर मोटरमार्ग तथा शृङ्गा पथ निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो।
    सांसद न्यौपानेले आफू निर्वाचित भएदेखि नै सांसद जनसंवाद कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न स्थानमा पुगेर नागरिकका गुनासा, सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा संकलन गर्दै आएको बताउनुभयो। ती सुझावलाई नीति निर्माण र विकास योजनामा समेट्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। रेडियो ढोरबाराहीबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार