दमौली १८,साउन
नेपाली कांग्रेसको इतर पक्षले आव्हान गरेको राष्ट्रिय भेलामा तनहुँबाट समेत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता हुने भएको छ । जिल्ला सदस्य डम्बर अधिकारीका अनुसार भेलामा तनहुँबाट केन्द्रीय तथा जिल्ला तहका नेताहरुको भेलामा सहभागिता हुने भएका छन् । तनहुँबाट उल्लेख्य सहभागिता गराउने विषयमा व्यापक रुपमा छलफल भईरहेको बुझिएको छ ।
तनहुँबाट पूर्व केन्द्रीय सदस्यहरु शंकर भण्डारी ,गोविन्द भट्राई ,पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली र राष्ट्रिय सभा सदस्य जगत तिमिल्सेना राष्ट्रिय भेलामा सहभागी हुने निश्चित छ । त्यस्तै वर्तमान जिल्ला कार्य समितिबाट पदाधिकारीहरु तथा सदस्यहरु समेत भेलामा सहभागी हुने बुझिएको छ ।