जनचाहना न्यूज
दमौली ६ भदौ
संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको दोस्रो जिल्ला अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा डिलबहादुर नेपाली सर्वसम्वत चयन भएका छन् । समितिको उपाध्यक्षमा भरत लामगादे,सचिवमा पदमबहादुर सुनार,कोषाध्यक्षमा लक्ष्मी परियार,सहसचिवमा नविन विश्वकर्मा,चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बुद्धिबहादुर परियार,समर विश्वकर्मा,केशर बराली,पवित्रा नेपाली,चिजकुमार परियार,रेशम बिक,अशोक बिक,डोलबहादुर सुनार,दिलबहादुर नेपाली तोप बहादुर परियार,शर्मिला बिक,श्रीकृष्ण बिक,संगिता बिक,पार्वती बिक,दलबहादुर बिक,जौमाया बराल,प्रेम रम्तेल,कृष्णलाल बिक,आइतबहादुर घले,बिशाल रुचाल,शिव सदाशंकर,रनसि. नेपाली गणेश गोतामे चयन भएका छन् ।
त्यसैगरी सल्लाहकारमा मोहन सुनार,सविता रसाइली,उमा गोतामे,राजु विश्वकर्मा,अमृत नेपाली,सिता बिश्वकर्मा,केन्द्र बहादुर गौतम रामकृष्ण बिक र गोपाल सुर्खाली चयन भएका छन् । कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे विश्वकर्माको अध्यक्षतामा ज्येष्ठ नागरिक आइतबहादुर सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल सुनचाँदी महासंघका पूर्व अध्यक्ष मोहन सुनार,नेपाल दलित संघका जिल्ला अध्यक्ष रामकृष्ण बिक,नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज निशान बिक, बार एशोसिएशन तनहुँका पूर्व अध्यक्ष अमृतबहादुर नेपाली,भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे,जिसस सदस्य डोलबहादुर सुनार,मिजार समाज जिल्ला अध्यक्ष रनसिं नेपाली,रास्वपा नेता बुद्धि बहादुर परियार,आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य सुशीला नेपाली,ऋषिड गाउँपालिका सदस्य डिलबहादुर नेपाली,गणेश गोतामे,विद्यार्थी नेता शिव सदाशंकर,राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष पूर्ण बिके लगतायतका वक्ताहरुले दलितहरु आफ्नो हक अधिकार स्थापित गर्न एकजुट बन्नुपर्नेमा जोड दिएका थिए । साथै कानुनमा जातिय विभेद हटाइएपनि व्यवहारमा कार्यन्वयन हुन नसकेकाले त्यसतर्फ उन्मुख बन्न आम दलित समुदायलाई आग्रह गरिएको थियो । कार्यक्रममा स्वागत लक्ष्मी परियार र संचालन पदम बहादुर सुनारले गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij