Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

राष्ट्रिय भलिबल खेलाडी सुजन सुनार १० हजारसहित सम्मानित

  • 166
    SHARES
  • 166 Shares
  • तनहुँ २९ भदौ 
     राष्ट्रिय भलिबल खेलाडी सुजन सुनारलाई गोरखकाली युवा क्लब, बन्दीपुर–४ भुमर्सेले नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ। क्लबद्वारा आयोजित नवौँ २०८३ को अवसरमा सुनारलाई सम्मान गरिएको हो।
    बन्दीपुर–३ राउटारमा जन्मिएका सुनारले नेपाल यू–२० राष्ट्रिय टोलीबाट श्रीलङ्कामा आयोजित Cava u–20 च्याम्पियनसिप मा उपविजेता बनेका थिए। उनले सन् २०२५ मा बंगलादेशको ढाकामा आयोजित CAVA Cup for Men 2025 प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरेका थिए।
    हाल नेपाल पुलिस क्लबबाट राष्ट्रियस्तरको भलिबल खेल्दै आएका सुनारले प्रधानमन्त्री कप NVA लिगमा दोस्रो रनरअप तथा पोखरामा आयोजित Ncell Tiger Cupमा उपविजेता बन्ने उपलब्धि हासिल गरेका छन्।
    क्लबले सुनारको खेलप्रतिको समर्पण, अनुशासन र योगदानको कदर गर्दै सम्मान गरिएको जनाएको छ। साथै, उनको आगामी खेलयात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार