दमौली १०,असोज
शेरबहादुर देउवा नेतृत्वको नेपाली काग्रेस तनहुँको संयोजकको जिम्मेवारी प्राडा कृष्णप्रसाद गौतमले पाएका छन् । केन्द्रले प्राडा गौतमलाई आज जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । प्राडा गौतम नेपाली कांग्रेस तनहुँको पूर्व जिल्ला सचिव र महासमिति सदस्य हुन् ।
प्राडा गौतम लामो समय देखि कांग्रेस पार्टीको राजनीतिमा सक्रिय रहँदै आएका छन् । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीका अनुसार प्राडा गौतमको संयोजकत्वमा जिल्ला कार्य समिति बिस्तार देखि १५ औं महाधिवेशन प्रक्रिया अगाडि बढाइने छ