Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

बन्दीपुर गाउँपालिकाद्वारा बजार अनुगमनका क्रममा जफत गरिएका सामग्री यसरी नष्ट गरिदै

  • 150
    SHARES
  • 150 Shares
  • दमौली २८ असोज
    बन्दीपुर गाउँपालिकाको आयोजनामा मिति २०८३ असोज २१, २३ र २६ गते गाउँपालिका क्षेत्रभित्रका विभिन्न बजार तथा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा जफत गरिएका सामग्रीहरू नियमानुसार नष्ट गरिएको छ।
    बजार अनुगमनका क्रममा उपभोग्य वस्तुको गुणस्तर, मूल्यसूची, म्याद गुज्रिएका सामग्री, सरसफाइ तथा उपभोक्ता हित संरक्षणसम्बन्धी विषयमा निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा फेला परेका जफतयोग्य सामग्रीहरू नष्ट गर्नुका साथै व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गरी उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित वस्तु र सेवा उपलब्ध गराउन आग्रह गरिएको छ।
    बजारलाई स्वच्छ, व्यवस्थित र उपभोक्तामैत्री बनाउँदै उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले बजार अनुगमनलाई निरन्तरता दिनेछ। 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार