पोखरा ४ कार्तिक
स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ ।
नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा। झपिन्द्र पोखरेलले राससलाई जानकारी दिए ।
यसअघि अस्पतालमा १० शय्याको आइसियू सञ्चालनमा थियो । प्रतिष्ठानले रु एक करोड लगानी थपेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो । ‘सघन उपचार कक्षमा बिरामीको चाप बढिरहेका बेला अतिरिक्त उपचार कक्ष र शय्या सञ्चालन गरेका छौँ । थपिएका पूर्वाधारबाट उपचार सहज हुनेछ,’ निर्देशक पोखरेलले भने ।
गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पताल यहाँ प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । यो अस्पतालले दैनिक दुई हजार बिरामीमा सेवा प्रवाह गरिरहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij