Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

नेपाली कांग्रेसको महाधिवेशन तयारी समिति तनहुँद्धारा ४३ वडामा नेतृत्व चयन

  • 573
    SHARES
  • 573 Shares
  • दमौली ,२९ असोज 
    नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समिति तनहुँले जिल्लाका ४३ वडामा नयाँ नेतृत्व चयन गरेको छ । समितिले बाँकी रहेका अन्य वडाहरुमा असोज मसान्त भित्र नेतृत्व चयन गर्ने चयन गरेको छ ।तयारी समितिले तनहुँ क्षेत्र नं १ , क्षेत्र नं १ को १ र तनहुँ क्षेत्र नं २ मा समेत संयोजकको जिम्मेवारी तोकेको छ ।
    त्यस्तै व्यासन नगरपालिका , शुक्लागण्डकी नगरपालिका , आँबुखैरेनी गाउँपालिका ,देवघाट गाउँपालिका समेत संयोजक तोकेको छ । 
    तयारी समितिका संयोजक प्राडा कृष्णप्रसाद गौतमको नेतृत्वमा जिल्ला तयारी समिति गठन भएसँगै क्षेत्र र स्थानीय तहहरुमा संयोजकको जिम्मेवारी प्रदान गर्ने कार्य अगाडि बढि रहेको छ । 
    सह—संयोजक डम्बर अधिकारीका अनुसार तयारी समितिले जिल्लामा महाधिवेशनको तयारी तीब्र रुपमा अगाडि बढि रहेको छ । तयारी समितिले जिल्ला देखि क्षेत्रको नेतृत्व छिट्टै नै चयन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार