Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

केहि टुक्रा

  • 595
    SHARES
  • 595 Shares
  • १ चमेरो झै 
    तुन्द्रुङ्ग  
    भित्री छतमा झुन्डिएर  
    माकुरो झै  
    आफैले बुनेको जालमा अल्झिएर 
    सहि के हो  
    गलत के हो 
    जान्दा जान्दै 
    सभ्यता र संस्कार मान्दा मान्दै  
    झुन्डिएर अल्झिएर निहुरिएर 
    जिन्दगी कतिन्जेल चल्छ  
    २ बिहान उठ्यो 
    भट्टी धायो 
    रवाफिला गफ चुट्यो 
    चियाको तलतल मेटाउदै 
    फलानो यस्तो 
    ढिस्कानो उस्तो भन्यो 
    राजकीय सत्ता हल्लाउने गफ चुट्यो 
    एक फ्वाक सुर्ती माड्यो 
    ठुटो चुरोट सल्काएर धुवाँ उडायो 
    परिवार  
    समाज  
    गाउँ मिलाउन नसक्नेले 
    भत्किएको खोक्रीएको देशको  
    मार्गचित्र तयार गर्दै  
    हरेक बिहान बित्नेगर्छ  
    देशका बौद्धिक जनको 
    ३.कोहि छन्  
    दस नंग्रा खियाउदै 
    माटोमा सपना रोपेर 
    सुन फलाउन पसिना बगाउने हरु 
    आफ्नो जवानी  
    मरुभूमिमा काटेर 
    आफ्नो स्वाभिमान 
    र  
    अस्मिता  
    काजी मुखिया समक्ष  
    लिलाम गर्दै छ  
    धिक्कार छ  
    यो देशको सपूतलाई 
    लम्पसार भएर 
    टुंडालका नग्न आकृति नियाल्दै छन्  
    र 
    भन्दै छ 
    म त यो देशका सपूत हुँ 
    मन्दिर भित्र  
    मेरो आकृतिको  
    मुर्ति राखिनु पर्छ। 
    आखिर कोहि त होला 
    यो दृश्य  
    टुलुटुलु नियाल्ने ?
    आकाश अधिकारी दमौली तनहुँ 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार