Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सौराहामा हात्ती तथा पर्यटन महोत्सव (तस्वीरहरू)

  • 622
    SHARES
  • 622 Shares
  • चितवन । पर्यटकीय नगरी सौराहामा बिहीबारदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

    क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाकी सुरु भएको थियो ।

    झाकी नगरको परिक्रमा गर्दै कार्यक्रमस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुगेको थियो ।चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।

    कार्यक्रमको उद्घाटन उपप्रधान तथा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् । महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।

    तस्वीरहरु:

                  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार