समाजमा आत्महत्या एउटा फेशन सरी बन्यो ।
निरुत्साहित गर्ने राज्यका निकाय निकम्ब बनि निदायो ।।
मन्त्रीका स्वकियले गर्छन् आत्महत्या,कहिले सशस्त्रकी इन्स्पेक्टर
विकृतिले सीमा नाध्यो काल नआइ मर्नु पर्ने बाध्यता कि रहर ।।
समाजमा आत्महत्या दुरुत्साहनले प्रश्रय पाउन थाल्यो ।
एकाएक आत्महत्या घट्नाले समाज बहुलाउन लाग्यो । ।
किन बढ्दै छ आत्महत्या घट्ना,कसले दिन्छन् यहाँ ध्यान ।
भुसको आगो सरी फैलिदै गयो समाजमा गरौं चिन्तन मनन ।।
कोही मानसिक रोगका कारण गछनर्् आत्महत्या,कोही पढ्दैको उमेरमा ।
उमेर नपुग्दै हुने प्रेम विवादले पुराएको छ आत्महत्याको संघारमा ।।
कोही नदीमा हामफालेर गर्छन आत्महत्या कोही बिष सेवन गरेर ।
कोही जिउँदै शरीरमा आगो लगाएर गर्छन् आत्महत्या कोही डोरीमा झुण्डिएर ।।
लागुऔषध र मदिरा सेवन पनि आत्महत्याको सहयोगी साधान बन्दै गयो ।
समुन्न समाज निर्माण गर्न अनि समाजलाई परिवर्तन गर्ने समय आयो ।।
अब त सोच्ने बेला आयो कसरी रोकथाम गर्ने हो आत्महत्या ।
टोल,बस्ती र समाजमा पुगेर छर्नुपर्ने छ सन्देशमुल्क शिक्षा ।।
बाँचे अनेक देख्न अनि सुन्न पाइन्छ,अकालमा मरेर के फाइदा ।
जागरुक बनाऔं समाजलाई नागरिकमा चेतना यसैले हुन्छ सबैमा फाइदा ।
एस.बि.नेपाली तनहुँ
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij