Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनी गाउँपालिका शिक्षा पहुँचमा अग्रसर बन्दै ः आँबुखैरेनी क्याम्पसमा बस संचालनका लागि सम्झौता 

  • 601
    SHARES
  • 601 Shares
  • जनचाहना न्यूज
    आँबुखैरेनी ३ बैशाख
    जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले शिक्षा क्षेत्रलाई सशक्त बनाउने योजना अनुरुप बुधबार आँबुखैरेनी क्याम्पससँग दुई पक्षीय सम्झौता गरेको छ । आँबुखैरेनी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि सहज रुपमा आवतजावतको वातावरण सिर्जना गर्न गाउँपालिकाले बस सेवा सञ्चालन गर्ने जिम्मेवारी लिँदै आँबुखैरेनी क्याम्पससँग ऐतिहासिक सम्झौता गरेको हो। स्वास्थ्य सेवा क्षेत्रमा छोटो अवधिमा ख्याति कमाउँन सफल यस गाउँपालिकाले पछिल्लो समय शिक्षा पहुँचमा अग्रसर भूमिका लिदै अघि बढिरहेको छ । स्थानीय तह र शैक्षिक संस्थाबीचको समन्वयको उत्कृष्ट उदाहरण हो । गाउँपालिका नेतृत्वले देखाएको गम्भीरता र शिक्षामा गरिरहेको लगानीले दीर्घकालीन रूपमा स्थानीय विकासमा महत्वपूर्ण प्रभाव पार्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार