जनचाहना न्यूज
दमौली १९ भदौ
जिल्लाको ऋषिङ्ग गाउँपालिका–१, स्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढीपीडितका लागि रू ६ हजार ६६० आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेका हुन् । उनीहरूको सानो सहयोगले बाढीपीडितहरूको घाउमा मलम पट्टी लगाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । मानवीय सेवामा सहभागी भई सहयोगी कार्यमा सम्पूर्ण विद्यार्थीहरू प्रति विद्यालयल प्रशासनले हार्दिक आभार प्रकट गरेको छ ।