Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रसुवा बाढी पीडितलाई जुनियर रेडक्रस सर्कलको रु.१० हजार आर्थिक सहयोग

  • 120
    SHARES
  • 120 Shares
  • जनचाहना न्यूज
    दमौली १७ भदौ 
    जिल्लाको व्यास नगरपालिका–१० स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको आयोजनामा रसुवाका बाढीपीडित परिवारहरूलाई मानवीय सहायता प्रदान गर्ने उद्देश्यले राहत रकम सहयोग गरेको छ । 
    विद्यालयका विद्यार्थीहरूको मात्र सक्रिय सहभागिता र योगदानबाट कुल रू दश हजार तीन सय पचास मात्र० संकलन गरी सहयोग गरेको हो । उक्त संकलित रकम नेपाल रेडक्रस सोसाइटीको आधिकारिक माध्यमबाट बाढीपीडितहरूसम्म पुर्‍याइने छ। 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार