तनहुँ प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले नगद पौने दुई लाख र जुवा (कौडा) १६ थान समेत बरामद गरेको जनाएको छ । ब्यास नगरपालिका–११ मझाङदी स्थित नारायण भन्ने खगेन्द्र गुरुङले संचालन गरेको कटेजमा ठुलो धनराशीमा हारजित हुने गरी जुवा(कौडा) खेलिरहेको अवस्थामा जुवाडेहरु पक्राउ परेका हुन् । प्रहरीले जुवा खालबाट रु.एक लाख पचहत्तर हजार चालिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक भानु शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले गुरुङले संचालन गरेको कटेजमा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेहरुमा नारायण भन्ने खगेन्द्र गुरुङ, बुद्धिराम बस्नेत,महेन्द्र गुरुङ,निम नारायण श्रेष्ठ,राम शरण ढकाल ,शालीक राम रेग्मी,गजेन्द्र बाँनीया,दिनेश मिजार,डम्वर बहादुर गुरुङ,प्रेम बहादुर अधिकारी,नेत्र बहादुर महत्तो,ईश्वर क्षेत्री,दिपेन्द्र सिंह र सुकराम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु बिरुद्द जुवा (कौडा) सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij