काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई छलफलका लागि बोलाएका छन्। आन्दोलन जारी रहेको १७औं दिनमा आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले छलफलमा बोलाएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले छलफलमा बोलाएसँगै शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी छलफलमा जुटेका छन्।
आन्दोलनको समीक्षा र थप रणनीति तय गर्न बैठक बसेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले जानकारी दिएकी छन्। प्रधानमन्त्रीले बोलाएको बैठकका कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिइने उनले बताइन्।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij