Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बेलायतबाट पराशर माविका विद्यार्थीलाई ५३ हजार बढीको शैक्षिक सामाग्री सहयोग

  • 272
    SHARES
  • 272 Shares
  • व्यासनगरपालिका ५ स्थित पराशर माध्यमिक विद्यालयलाई बेलायतबाट रु.५३ हजार १७० बराबरको सामाग्री सहयोग प्राप्त भएको छ ।  पोखरा महानगरपालिका माटेपानी घरभई  हाल बेलायत निवासी विनोद श्रेष्ठले बेलायतबाट नयाँवर्षको उपलक्ष्यमा संकलित रकमबाट उक्त विद्यालयमा अध्ययरत अतिविपन्न छात्रछात्राहरुका लागि छात्रबृत्ति प्रदान गरिएको    हो । बेलायतबाट श्रेष्ठले पठाएको ५३ हजार १सय ७०  रुपैयाँ बराबरको विविध सामग्री यही पौष १८ गते  एक कार्यक्रम बीच विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा सञ्चालित उक्त शैक्षिक सामग्री, विद्यालय पोशाक, न्यानो कपडा, जुत्ता एवं मोजा एबम् बिबिध  शुल्क वितरण कार्यक्रमका प्रमुख अतिथि व्यासनगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोहन कुमार  श्रेष्ठले एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई बितरण गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले धन भएकाहरु भन्दा मन भएकाहरुले सामाजिक क्षेत्रमा निकै योगदान गर्न सक्ने धारणा व्यक्त गरेका थिए । पराशर मावि छिट्टै नयाँ स्थानमा स्थानान्तरण गरी नयाँ भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवस्था रहेकोलेले त्यसका लागि स्थानीयबासी सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न समेत वडाध्यक्षले आग्रह गरे । विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले सहयोगमा योगदान पुराउने विनोद श्रेष्ठ तथा सहयोगी बेलायतका विभिन्न पेशामा आबद्ध दानदाताहरुलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै पराशर माध्यमिक विद्यालयले यो सहयोगलाई सदा स्मरण गर्दै जाने उल्लेख गरे । यस किसिमको सहयोगले विद्यार्थीहरुमा समेत सहयोगी भावनाको विकास गर्ने विश्वास उनले व्यक्त गरे । अभिभावक शिक्षक सङ्घका अध्यक्ष नरबहादुर आलेले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक हेम पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य पार्वती गिरी सहायक प्रधानाध्यापक अनिता  काफ्ले लगायतका वक्ताहरुले उक्त छात्रवृत्तिले विपन्न बालबालिकाहरुलाईको पठनपाठन लगायत विद्यालयमा नियमितता आउने दरमा वृद्धि हुने विश्वास व्यक्त गरेका थिए । विद्यालयका शिक्षक रुपा श्रेष्ठको संयोजनमा उक्त छात्रवृद्धिको रकम विद्यालयमा आएको जनाइएको छ। मुक्त छात्रवृद्धि रकमबाट विद्यालयका ५ कक्षसम्मका सबै बालबालिकाहरुला कपी,कलम पेन्सिल,इरेजर, कटर , मोजा तथा ९ जना विद्यार्थीहरुलाई स्वेटर, १५ जना विद्यार्थीहरुलाई जुत्ता, ५  जना विद्यार्थीहरुलाई  स्पोर्ट ड्रेस  तथा १२ विद्यार्थीहरुको लागि विद्यालयलाई तिर्नुपर्ने  विविध शुल्क वितरण गरिएको कुरा विद्यालयका सहायक प्रधानाध्यापक अनिता काफ्लेले बताइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार