Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

  • 437
    SHARES
  • 437 Shares
  • काठमाडौं ९ बैशाख
    राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । मङ्गलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बैठकपछि जानकारी    दिए । यससँगै अब कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि नै सुरु हुनेछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू यतिबेला २१ दिनदेखि सडक आन्दोलनमा छन् । 
    शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासङ्घले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यस्तोमा परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको थियो । यसैबीच शिक्षा क्षेत्रमा सङ्कट आइरहेका बेला सोमबार मात्रै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार