काठमाडौं । चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका(७ प्रेमबस्तीचोकमा गितानगरबाट भरतपुरतर्फ गइरहेको ना ५ च २६४४ नम्बरको बोलेरोले सोही दिशातर्फ गइरहेको ना५४प १७९५ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो ।
ठक्करबाट स्कुटर चालिका भरतपुर(६ ईन्द्रपुरी घर भएकी ५२ वर्षीया लक्ष्मी वाग्ले गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij