Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तीन किलो चारसय ग्राम गाँजा सहित तनहुँकी महिला पक्राउ, को हुन ती महिला ?

  • 360
    SHARES
  • 360 Shares
  • अवैधलागु औषध गाँजा सहित तनहुँमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । व्यासनगरपालिका–६ किरियापानी निवासी भगवती श्रेष्ठलाई तीन किलो ४०० ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । श्रेष्ठको घर भित्र कोठाको खाटमुनि दुई वटा बोरामा लुकाई राखिएको गाँजा र श्रेष्ठलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक शिवराम क्षेत्रीले जानकारी दिए ।  लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधार पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । निज भगवती श्रेष्ठ र उक्त गाँजा बरामद गरी प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार