Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

महिमानसिंहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • 350
    SHARES
  • 350 Shares
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौंले शुक्रबार विष्टलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    प्रहरीले उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

    नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेपछि उनी पक्राउ गरेका थिए । महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए ।

    महिमानसिंह विष्ट

     नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार