Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दैनिक ४ घण्टा बन्द गरेर यसरी बनाइँदैछ नागढुङ्गा-नौबिसे सडक (तस्वीरहरू)

  • 922
    SHARES
  • 922 Shares
  • काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा(नौबिसे सडकखण्ड वैशाख २२ गतेदेखि राति दैनिक ४ घण्टा बन्द गरेर पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गरिने भएको छ ।

    नागढुङ्गा(मुग्लिङ सडक योजना ९पूर्वी खण्ड०अन्तर्गत नागढुङ्गा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ ।

    नागढुङ्गा(मुग्लिङ सडक योजना ९पूर्वी खण्ड० एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

    काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।

    आयोजनाले सीतापाइला(भीमुढङ्गा(राम कोट(धार्के सडक तथा सामाखुशी(टोखा(गुर्जेभञ्ज्याङ(छहरे(त्रिशूली(गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

    हेरौं तस्वीर –

     

     

    तस्वीर – नेपाल फोटो लाइब्रेरी

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार