काठमाडौं । पहलगाम आतंकवादी हमलाको प्रतिक्रियामा भारतले ‘अपरेशन सिन्दूर’ सुरु गरेपछि जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरको परिवारका १० सदस्य मारिएका छन्।
मसूदले बुधबार बहावलपुरमा रहेको समूहको मुख्यालयमा भारतीय मिसाइल हमलामा उनको परिवारका १० सदस्य र चार नजिकका सहयोगीहरू मारिएको युष्टी गरेका छन्।
अजहरको तर्फबाट जारी भएको भनिएको एक वक्तव्यमा उनले मृतकहरूमा उनकी दिदी र उनका पति, एक भतिजा र उनकी श्रीमती, अर्की भतिजी र उनको विस्तारित परिवारका पाँच बच्चाहरू भएको पहिचान गरेका छन्।
बयानमा उनका एक प्रमुख सहयोगी, उनकी आमा र दुई अन्य नजिकका साथीहरूको मृत्युको पुष्टि पनि गरिएको पीटीआईले रिपोर्ट गरेको छ। भारतीय मिसाइल आक्रमणले बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहलाई लक्षित गरेको थियो जुन जैश-ए-मोहम्मदको केन्द्रीय कमान्ड सुविधाको रूपमा काम गर्ने विश्वास गरिन्छ ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij