Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

देब्रे खुट्टा बन्यजन्तुले खाएको अवस्थामा नवजात शिशु मृत फेला

  • 429
    SHARES
  • 429 Shares
  • तनहँुमा मंगलबार दिउँसो एक नवजात शिशु मृत फेला परेको छन् । व्यास नगरपालिका–९ कवादी खोला नजिक एक नवजात शिशु मृत अवस्थामा फेला परेका हुन् । मृत अवस्थामा फेला परेका नवजात शिशुको देब्रे पट्टिको खुट्टा र पेटका केही भाग बन्यजन्तुले खाएको अवस्थामा भेटिएको हो । स्थानीयबासीले वेवारिसे अज्ञात शिशु मृत अवस्थामा देखेपछि तत्कालै प्रहरीमा खबर गरेका थिए । घट्नास्थल पुगेको प्रहरीले टोलीले स्थलगत सर्जमिन गरेर शव दमौली अस्पतालमा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

    ap.jpg

     वेवारिसे अवस्था शिशु छाडि हिड्ने महिलाको खोजी कार्यलाई तीब्रता  दिइने उनले बताए । अबैधानिक तरिकाबाट शिुशु जन्माएर कुनै महिलाले फ्याँकेर हिडेको हुन सक्ने प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार