काठमाडौं । प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ । चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो ।
केरुङबाट स्याउ लिएर काठमाडौं जाँदै गरेको गाडीमा सुन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले गोसाइँकुण्ड गाउँपालिका–२ बाट करिब साढे सात किलो पहेँलो धातु बरामद गरिएको बताए ।
उनले भने, ‘स्याउको डिब्बा बोकेको गाडीमा तलासी गर्दा पहेँलो धातु फला परेको छ ।’ उनका अनुसार प्रहरीले सो गाडीका ड्राइभर र गाडीलाई नियन्त्रणमा लिएको छ ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij