काठमाडौं
कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०को वरिष्ठ उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी चुनिएका छन्। महासंघको कार्यसमितिले सोमबार ६ जना कार्यसमिति मध्येबाट अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा छनोट गरेको हो।
क्यानको विधान अनुसार उपाध्यक्षहरू मध्येबाट एक जनालाई कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ। कार्यसमितिमा सर्वसहमतबाट उनलाई वरिष्ठ उपाध्यक्ष छनोट गरिएको हो।
२१ वर्षदेखि आइटी क्षेत्रमा कार्यरत अधिकारी साइबर सुरक्षा, नेटवर्किङ, सूचना सुरक्षा व्यवस्थापन, एआई क्षेत्रमा सक्रिय छन्। यस्तै कार्यसमिति बैठकले कोशी प्रदेशबाट ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, संस्थागतबाट केशव भट्टराई र व्यक्तिगत समूहबाट दिपेन्द्र पौडेललाई सचिवमा चयन गरेको छ। २०८१ पुस महिनामा सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij