रामेछाप । दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका-३ भिरपानीमा दुर्घटनामा परेको छ।
दुर्घटनामा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ। आत्महत्या गरेका व्यक्तिको शव लिएर काठमाडौं जाँदै गरेको प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका-२ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij