Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिडिओ कार्यालयले भन्यो ः ‘घाइते प्रतिशत निर्धारण तथा पुनरावलोकन समयमै गर्नूस्’

  • 230
    SHARES
  • 230 Shares
  • जिल्ला प्रशासन कार्यालय तनहुँले शसस्त्र द्वन्द्व तथा ऐतिहासिक जनआन्दोलनको क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई घाइते प्रतिशत निर्धारण तथा पुनरावलोकन समयमै गर्न अनुरोध गरेको छ । विभिन्न मितिमा गठन भएको द्वन्द्व प्रभावित व्यक्ति,परिवार तथा संरचनाको लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम समावेश भएको तर घाइते अपाङ्गता प्रतिशत निर्धारण नभएकोले प्रतिशत निर्धारण र पुनरावलोकनको लागि जानकारी गराएको हो । कार्यालयका प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बुधबार अन्तिम पटकका लागि भन्दै अत्यन्तै जरुरी सूचना प्रकाशित सो कुराको जानकारी गराइएको हो । उक्त सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गर्न जिल्लाबासीलाई सूचित गरिएको उनले  बताए ।  प्रथम पटक संंशोधन सहित कार्य विधी २०७४ अनुसार नेपाल सरकारबाट गठन भएको कार्यदलको प्रतिवेदनमा द्वन्द्व प्रभावित व्यक्तिहरुको घाइते अपाङ्गता प्रतिशत हेरफेर भएको भएपनि पुनराबलोकन गर्न प्रशासनले आग्रह गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार