Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका म्याग्देका नौ जना दलित विद्यार्थी सम्मानित 

  • 872
    SHARES
  • 872 Shares
  • जनचाहना न्यूज
    तनहुँ १४ जेठ  
    दलित उत्थान समन्वय समिति म्याग्देले यहाँका नौ जना दलित विद्यार्थीलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०८१ मा कक्षा १२ मा उत्कृष्ट अंक ल्याइ पास भएका म्याग्दे गाउँपालिकाभित्रका विद्यार्थीलाई सम्मान गरेको हो ।  विद्यार्थीलाई थप हौसला प्रदान गर्नका लागि समितिले सम्मान कार्यक्रम राखेको   जिल्ला समन्वय समिति सदस्य एवं छनोट समितिका संयोजक डोलबहादुर सुनारले बताउनुभयो । 
    सम्मानित हुनेमा उत्सव लोहनी,बीरेन्द्र नेपाली,करुणा अच्छामी,सुबिर अच्छामी,बिश्वास सुनार,सिर्जना नेपाली,मंगली सार्की,सदीक्षा कोइराला,साजन बिक रहेका छन् । 
    छनोट समितिका संयोजक सुनारका अनुसार सम्मानित हुने विद्यार्थीलाई नगद रु.दुई हजार,दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । 
    मंङगलबार यहाँ आयोजित दलित समुदायका लागि कानुनी प्रशिक्षण सचेतना कार्यक्रमका अवसरमा सम्मान गरिएको दलित उत्थान समन्वय समितिका अध्यक्ष श्रीकृष्ण बिकले बताउनुभयो । 
    गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यार्थीलाई दोसल्ला ओढाएर नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्ला समय दलित समुदायका बालबालिका शिक्षा आर्जनतर्फ अग्रसर बन्दै गएको बताउनुभयो ।  समाज परिवर्तनका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सम्मान कार्यले विद्यार्थीलाई अघि बढ्न थप प्रेरणा मिल्ने बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार