Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्दे गाउँपालिकामा दिवा खाजा कार्यक्रम ः रु.५० लाख ८७ हजार खर्च 

  • 492
    SHARES
  • 492 Shares
  • जनचाहना न्युज
    तनहुँ १५ जेठ  
    म्याग्दे गाउँपालिकाका बाइस वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेका छन् । 
    संघीय सरकारको आर्थिक सहयोगमा बालविकास केन्द्रदेखि कक्षा ५ सम्म खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको संख्या बढेको छ । 
    दिवा खाजामा पौष्टिक आहारसहितको व्यवस्था गरिएकाले बालबालिकाहरु कुपोषण हुने संख्यामा समेत न्यूनिकरण भएको म्याग्दे शिक्षा शाखाका शिक्षा अधिकृत बिष्णु खत्री क्षेत्रीले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो,“विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यालय नजाने र गएका पनि बीचमै विद्यालय छाडेर हिड्ने प्रवृत्ति पनि रोकिएको छ ।” 
    उहाँका अनुसार गाउँपालिकाभित्र रहेका बाइस वटा विद्यालयमा गरी एक हजार सात सय अठ्ठाइस जना बालबालिका दिवा खाजामा समावेश भएका छन् । 
    चालु आर्थिक बर्षका लागि दैनिक रु.१५ का दरले एक सय असी दिनका लागि रु.पचास लाख ८७ हजार खर्च हुने शिक्षा अधिकृत क्षेत्रीले बताउनुभयो । 
    म्याग्दे गाउँपालिका–२ स्थित राधा माध्यमिक विद्यालय र वडा नं ४ स्थित मिन माध्यमिक विद्यालयले अन्य विद्यालयको थोरै पैसाले पनि विद्यार्थीलाई गुणस्तर खाजा खुवाउन सकिन्छ भन्ने गतिलो सन्देश दिएको छ । 
    उहाँले भन्नुभयो “धेरै विद्यार्थी रहेका ती दुई विद्यालयले थोरै बजेटमा पनि राम्रै खाजा खुवाउन सकिन्छ भन्ने नमुना उदाहरण दिएका छन्,जसबाट अन्य विद्यालयले पनि सिक्नुपर्ने अवस्था छ ।” 
    यसबर्ष दुई विद्यालय मर्ज
    त्यसैगरी सो कार्यालयले यस आर्थिक बर्षमा दुई वटा विद्यालय मर्ज गरिएको जनाएको छ । म्याग्दे–७ स्थित बेदकालिका आधारभूत र म्याग्दे –४ मा रहेको विद्यालय र जनप्रकाश आधारभूत विद्यालय विद्यार्थी संख्या शुन्य भएपछि मर्ज गरिएको हो । 
    बेदकालिकालाई सोही वडा स्थित मिलीजुली आधारभूत विद्यालयमा र जनप्रकाशलाई मिन माध्यमिक विद्यालयमा मर्ज गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । 
    उहाँका अनुसार गाउँपालिकाभित्र मावि तह छ,कक्षा १–८ सम्म चार र कक्षा १–५ सम्म बाह्र वटा गरी बाइस विद्यालय रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार