जेष्ठ नागरिक मिलन केन्द्र दमौलीको आगामी कार्यकालको लागि अध्यक्षमा सहमति जुट्न नसक्दा अधिवेशन लम्बिएको छ । अध्यक्ष पदको लागि तीन जनाको उम्मेद्वारी परेपछि सहमति जुट्न नसकेको हो । अध्यक्षको लागि बर्तमान अध्यक्ष शालिकराम गिरी र रामचन्द्र पण्डितले प्यानल नैं खडा गरेर मैदानमा उत्रेका छन् । यस्तै अध्यक्षमा राजकुमार श्रेष्ठले बिना प्यानल एकल उमेदवार घोषणा गरेगरेपछि सहमति जुट्न नसकेको हो । सकभर सहमतिबाट टुंगो लगाउन पहल गर्ने र नभए निर्वाचनमा जाने तयारी भएको केन्द्र ले जनाएको छ । कुल ३ सय ९८ सदस्य रहेको यस केन्द्रको भवन पञ्चमन्दिर हाताभित्र छ । उक्त केन्द्रको पाचौं अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि व्यासनगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै न्यौपानेले जेष्ठ नागरिकहरूलाई केही सहयोग आवश्यक परे नीतिगत रूपमा पास गरेर ल्याए नगरपालिका सहयोग गर्न तयार रहेको बताए । जेष्ठ नागरिक कोहि घरमा अपहेलित छ भने त्यसको लागि नगरपालिकाले सहजिकरण गर्न तयार रहेको न्यौपानेले बताए । जेष्ठ नागरिकका लागि नगरपालिकाले निशुल्क आखा उपचार गरेको न्यौपानेले बताए । कार्यक्रममा काशीनाथ न्यौपाने ,देवनिधि पन्त लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij