राष्ट्रपतिको भोटोजात्रामा सवारी हुने भएकाले सडक अवरोध हुन नदिइने सुरक्षा स्रोतको भनाइ
काठमाडौं । राजावादीहरूले राजसंस्थाको पक्षमा सुरू गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । आज नयाँ स्थान ९नारायणचौर० मा जनप्रदर्शनको कार्यक्रम भए पनि हिजोजस्तै बालुवाटार घेराउ गर्न जाने योजना बनाइएको छ ।
आजको आन्दोलनका लागि २ बजे नारायणचौरमा भेला हुन सूचित गरिएको थियो । त्यहाँबाट जुलुस लिएर बालुवाटारतर्फ लाग्ने तयारी रहेको राप्रपा नेपालका एक पदाधिकारीले बताए ।
उनले भने, ‘आज पनि हाम्रो मुख्य प्रदर्शन बालुवाटारमै हुन्छ । वार्म अपमात्रै नारायणचौरमा हो ।’
बालुवाटार निषेधित क्षेत्र हो । हिजो राजावादी प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र नतोडिकन प्रदर्शन गरेका थिए । आज पनि हिजैको स्थानमा प्रदर्शन गर्ने तयारी छ । तर, यदि सरकारले अनावश्यकरूपमा कडाइ गर्न खोज्यो भने टकरावको अवस्था आउन सक्ने चेतावनी राजावादी नेताहरूले दिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बालुवाटारमा प्रदर्शन गर्न नपाइने बताए । राजावादीहरू बालुवाटार जाने भन्ने आफूले पनि सुनेको उनको भनाइ छ ।
‘हामीलाई आधिकारिकरूपमा त केही आएको छैन । तर, बालुवाटार जाने भन्ने सुनिएको छ । नारायणचौरमा उहाँहरूको प्रदर्शनलाई हेरेर आवश्यक निर्णय लिन्छौं ।’
सुरक्षा स्रोतले आज राजावादीहरूलाई कडाइ गरिने पुष्टि गर्यो । आज राष्ट्रपतिको सवारी पनि भएकाले सडक अवरोध गर्न नदिइने सुरक्षा स्रोतको भनाइ छ । यद्यपि, नारायणचौरमै रोक्ने हो वा बालुवाटारको निषेधित क्षेत्रबाहिरसम्म आउन दिने हो भन्नेबारे स्रोतले खुलाएन ।
नेपाल प्रेस
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij