Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

टिम नेपो तनहुँको तेश्रो स्थापना दिवस ः सरसफाई,बृक्षरोपण र खाद्यान्न सहयोग

  • 424
    SHARES
  • 424 Shares
  •  

    टिम नेपो तनहुँले आफ्नो तेश्रो स्थापना दिवसको अवसरमा धार्मिक तथा ऐतिहासिक क्षेत्रमा सरसफाइ,बृक्षरोपण तथा आश्रममा खाद्यान्न सहयोग गरेको छ । व्यासनगरपालिका–५ स्थित पराशर आश्रम आसपास क्षेत्रमा सरसफाई,बृक्षरोपण र आश्रमलाई खाद्यन्न सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठले व्यासको जन्मभूमि पराशर क्षेत्रको महत्वको बारेमा जानकारी दिदै पबित्र धार्मिकस्थल पराशर क्षेत्रको प्रचारप्रसारमा लाग्नुपर्नेमा बताउनुभएको थियो । सो अबसरमा टिम नेपोका निबर्तमान अध्यक्ष गोबिन्द तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रुपेशराज पन्थ र उमेश पौडेलले क्लबले गर्दै आएको सामाजिक कार्यको बारेमा जानकारी दिनुभएको थियो । उक्त क्लबले विभिन्न क्षेत्रमा पुगेर सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार