जनचाहना न्यूज
तनहुँ २० जेठ
आँबुखैरेनी गाउँपालिका कार्यालयले कुमारी बैंकसंगको सहकार्यमा पहिलो चरणमा यहाँका आठ सय उन्नाइस जना छात्राको बचत खाता खोलिदिएको छ । आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्रा विद्यार्थीका लागि विशेष बचत खाता सञ्चालन गर्ने निर्णय अनुरुप खाता खोलिएको हो ।
गाउँपालिकाभित्र नीजि र सामुदायिक विद्यालयमा अध्यनरत दुई हजार बढी छात्राको खाता खोल्ने अभियान रहेको आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “गाउँपालिकाभित्र संचालनमा रहेका नीजि र सामुदायिक विद्यालयमा अध्यनरत सबै छात्राहरुको बचत खाता खोल्ने अभियान अन्र्तगत पहिलो चरणको खाता खोलिदिएको हो ।” प्रतिव्यक्ति रु.एक हजारका दरले कुमारी बैंक आँबुखैरेनी शाखाका प्रबन्धक यदुकान्त घिमीरेलाई रु.आठ लाख उन्नाइस हजारको चेक हस्तान्तरण गरिसकिएको छ ।
गाउँपालिका भित्र रहेका नीजि र सामुदायिक विद्यालयका गरी दुई हजार बढी छात्रा अध्यनरत रहेका छन् । उहाँले भन्नुभयो “सबै छात्राको क्रमश ः खाता खोलेर रु.एक हजार बचत रकम जम्मा गर्दै जाने योजना अघि बढाइएको छ ।”
गाउँपालिका भित्र सामुदायिक विद्यालयमा तीन हजार पाँच सय र नीजि विद्यालयमा एक हजार गरी कूल चार हजारको हाराहारीमा विद्यार्थी अध्यनरत छन् । समाजमा अझैपनि छोरी पढाउनू हुदैन् भन्ने गलत सोच रहिआएकाले छात्रालाई पढाउनका लागि प्रोत्साहन स्वरुप बचत खाता संचालनमा ल्याइएको हो,शिक्षा शाखा प्रमुख कुवँरले भन्नुभयो ।
उक्त रकम बचत गरे बापत प्रत्येक विद्यार्थीले बर्षमा रु.पैतिस हजार बराबरको निःशुल्क स्वास्थ्य बीमा सुविधा प्राप्त गर्नेछन् । यो सुविधा छात्राछात्र दुवैले पाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले संचालनमा ल्याईएको यस बचत खाता कार्यक्रमले छात्रा विद्यार्थीहरूको आर्थिक, स्वास्थ्य र शैक्षिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल,प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा,वडाध्यक्ष,कर्मचारी,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij