जनचाहना न्यूज
दमौली २१ जेठ
खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत तेश्रो दिन यहाँका दुई विद्यालयका एक सय पचास विद्यार्थीलाई सन्देशमूलक प्रशिक्षण दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँको आयोजनमा व्यास २ स्थित व्यास दिव्यज्योति बोडिङ्ग र व्यास १० वैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा खाद्य गुणस्तर तथा पोषण सम्बन्धी जानकारी मूलक कार्यक्रम सञ्चालन गरेको हो ।
खाद्य स्वच्छता, गुणस्तर तथा खाद्य पोषण सम्बन्धी जानकारी र प्याक गरिएका खाद्य पदार्थको लेबल हेर्ने प्रयोगात्मक कक्षा लिइएको कार्यालय प्रमुख ज्योति आचार्यले बताउनुभयो ।
चण्डीदेवी राष्ट्रिय माविमा भएको कार्यक्रममा व्यास १० का वडाध्यक्ष खेमराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा कार्यालयले जानकारी मूलक पुस्तक तथा असल खानपान बारेको चेतनामूलक फ्लेक्स पनि वितरण गरेको थियो । खाद्य डिभिजन दमौलीका खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगरले संचालन गर्नुका साथै पोषणको बारेमा कार्यलयकी प्राविधिक सहायक तथा कार्यक्रम संयोजक अनुषा खरेलले कक्षा लिनुभएको थियो।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij