जनचाहना न्यूज
तनहुँ २४ जेठ
व्यास नगरपालिका–३ देउरालीनगर स्थित शिवपाञ्चायन अंग्रेजी माध्यमिक विद्यालयको २५ औं बार्षिकोत्सवको अवसरमा आइतबार रजत जयन्ती मनाउने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रजत जयन्ती मनाउन लागेको जानकारी दिएको हो । विद्यालयका प्रधानाध्यापक बलराम वाग्लेले विसं २०५७ सालमा स्थापना गरिएको यस विद्यालयले विभिन्न चरण पार गर्दै अहिले यस स्थानमा आइपुगेको बताउनुभयो ।
विद्यालयले शैक्षिक गुणस्तरका साथै साँस्कृतिक गतिविधीमा फड्को मार्दै अघि बढेको बताउनुभयो । विद्यालयलाई यस स्थानमा ल्याउन स्थानीयबासीको सक्रिय भूमिका रहदै आएको छ । गतबर्षको एसइई परीक्षामा व्यास नगरपालिकाभित्र तेश्रो स्थान ६१.९० प्रतिशत प्राप्त गर्न सफल भएको बताउनुभयो ।
रजत जयन्तीको पूर्वसन्ध्यामा २४ गते स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । नेपाली,सेरोफेरो र स्थानीय भाषाका बिषय बाहेक अन्य बिषयमा कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन हुदै आएको सो विद्यालयले जनाएको छ ।
रजत जयन्ती मूल समारोह समितिका संयोजक बिष्णुभक्त न्यौपानेले विद्यालयले विद्यार्थीको चाहना अनुरुपको शिक्षालाई जोड दिदै आएको बताउनुभयो । यस विद्यालयलाई सुरुवाती चरणदेखि हाल यस स्थानसम्म ल्याउन आफु र यस क्षेत्रका समुदायको अतुलनीय योगदान रहेको सो अवसरमा जानकारी गराउनुभयो ।
प्रचार प्रसार उपसमिति संयोजक नेत्र रानाभाटले रजत जयन्ती भव्य रुपमा सम्पन्न गर्नका लागि मूल समारोह ४४ जनाको समिति गठन गरिएको बताउनुभयो । साथै नौ सदस्ययीय सचिवालय समिति र आर्थिक,स्वागत तथा पुरस्कार,स्मारिका प्रकाशन,मञ्च व्यवस्थापन लगायतका एघार वटा उपसमिति गठन गरिएको उहाँले बताउनुभयो ।
रजत जयन्तीका अवसरमा रु दुई लाख बढी खर्च हुने अनुमान सो विद्यालयले गरेको छ । विद्यालयले स्मारिका प्रकाशन गरि विज्ञापन बापत रकम जुटाएर खर्च व्यवस्थापन गर्ने योजना बनाएको छ । उक्त विद्यालयमा हाल दुई सय बाइस जना विद्यार्थी अध्यनरत छन् भने चौविस जना शिक्षक कार्यरत रहेका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथीमा गण्डकी प्रदेश साँसद अशोक कुमार श्रेष्ठ,विशिष्ट अतिथीमा शान्तिरमण वाग्ले लगायतका उपस्थिती हुने बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij