जनचाहना न्यूज
दमौली २४ जेठ
जिल्लाको भानु नगरपालिकामा दोस्रो शैक्षिक सामग्री प्रदर्शनी महोत्सव २०८२ शुक्रबार सकिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित भानुस्तरीय महोत्सवको भानु नगर प्रमुख आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो ।
कार्यक्रममा शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता सामाजिक बिकास समितिका संयोजक तथा वडा नं १० का वडाध्यक्ष हरिहर उप्रेती गर्नुभएको थियो ।
प्रतियोगितामा भानु नगरपालिकाको सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेख्य सहभागिता रहेको थियो । भानु नगरपालिकामा दोस्रो पटक आयोजना गरिएको यस प्रदर्शनी महोत्सवमा राखिएका शैक्षिक सामग्रीको मूल्याङ्कन गर्नका लागि छिमेकी पालिकामा कार्यरत विषयगत शिक्षकहरुलाई विज्ञको रुपमा आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत ,शाखा प्रमुख ,जनप्रतिनिधि,कर्मचारी,सामुदायिक र संस्थागत विद्यालयका शिक्षक एवं विद्यार्थी ,संचार कर्मी,सुरक्षा निकाय,विव्यास लगायतको उपस्थिति रहेको थियो ।
सहभागी सम्पूर्ण विद्यालय र विजयी सम्पूर्ण विद्यार्थी समूहलाई नगर प्रमुख त्रिपाठीले हार्दिक बधाइका साथै नगर शिक्षा शाखालाई आगामी दिनमा अझै उत्कृष्ट कार्यसम्पादनका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij