Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ

  • 229
    SHARES
  • 229 Shares
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा ५३ वर्षीया भारतीय नागरिक खेमानी मिना सुजित सिंह रहेको विमानस्थल सुरक्षा प्रहरीका एसएसपी सोमेन्द्र राठौरले नेपालभ्युजलाई जानकारी दिए ।

    उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

    ‘पक्राउ परेकी सिंह एअर अरेबियाको उडानमा यूएईको शारजाहबाट काठमाडौं आएकी थिइन् ।  उनको साथबाट १ हजार १६० ग्राम सुन बरामद गरिएको छ,’ राठौरले भने ।

    सिंहले अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको पाइएको प्रहरीले जनाएको छ ।

    ‘शंका लागेर जाँच गर्दा सुन फेला परेको हो । प्लाष्टिकले र्‍याप गरेका तीनवटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ,’ राठौरले थपे ।

     नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार