तनहुँका पत्रकार एवं राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाका उपाध्यक्ष शालिकराम सुनारले आजीवन पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । पत्रकार सुनारले प्रत्येक बर्ष एक पत्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने गरि रु.पाँच हजार पाँच राशीको पुरस्कार स्थापना गरेका हुन् । स्वर्गीय आमा कृष्णमाया बिकको स्मृतिमा प्रत्येक बर्ष पुरस्कार स्थापना गर्ने गरी घोषणा गरेका हुन् । आफु अन्दाजी १२ बर्षको उमेर हुँदा जन्म दिने आमाको निधन भएको स्मरण गर्दै पत्रकार सुनारले आफुले कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्चिने योजना अनुरुप पुरस्कार राशी घोषणा गरेको बताए । शाखाको शनिबार दमौलीमा बसेको बैठकमा सुनारले प्रत्येक बर्ष सक्रिय रुपमा कलम चलाउने एक दलित पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको सुनारले बताए । साधारण सभाको अवसरमा दलित समुदायका पत्रकारलाई उक्त राशीको पुरस्कारले सम्मान गरिने संघका जिल्ला अध्यक्ष एस.बि.नेपालीले जानकारी दिए । पुरस्कार राशि स्थापना भएपनि पत्रकारिता क्षेत्रमा क्रियाशिलता र कस्तो विषय बस्तुलाई प्राथमिकता दिइएको छ भन्ने निर्धारण गरि पत्रकार छनौट गरिने अध्यक्ष नेपालीले बताए । उनका अनुसार उक्त पुरस्कार प्राप्तिका लागि निश्चित मापदण्ड तय गरि प्रदान गरिने छन । यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको दोस्रो अधिवेशन तथा बनभोज कार्यक्रम आगामी माघ २२ गते गर्ने बैठक सम्पन्न भएको छ । बैठक मार्फत सस्थामा आवद्ध पत्रकारको क्षमता अभिवृद्धी गर्न पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय भएको सचिव अशोक विश्वकर्माले जनाए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij