जनचाहना न्यूज
दमौली ८ असार फाइल तस्वीर
जिल्लाको व्यास नगरपालिका वडा नं १२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा भोलीदेखि तीन दिन पठनपाठन बन्द गरिने भएको छ । विद्यालय परिसरमा नवनिर्मित आठ कोठे पक्की भवन निर्माणका लागि ब्रेकरसहितको डोजर र स्काभेटर प्रयोग गरी जग खन्ने क्रममा पठनपाठनको वातावरणका निम्ति प्रतिकूल परिस्थिति सिर्जना हुने भएकाले असार ९,१० र ११ गते पठनपाठन बन्द गरिएको हो । विद्यालयले बर्षे बिदा अनुसार असार २२,२३ र २४ गते पठनपाठन संचालन गर्ने गरी बिदा गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।