Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

हिमपातले हुम्लाको जनजीवन कष्टकर बन्दै

  • 195
    SHARES
  • 195 Shares
  •  हुम्ला । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ । एक फिट जमेको हिउँले गर्दो स्थानीयवासीलाई घरबाट बाहिर निस्कन कठिनाई भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । यस वर्षकै ठूलो हिमपात  परेको उनी बताउँछन् । घरभन्दा बाहिर निस्कन सक्ने अवस्था नभएको उनले बताए । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् । अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट क्षेत्र सुनसान भएका छन् । निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार