नेकपा माओवादी केन्द्र म्याग्दे गाउँपालिका वडा नं १ कमिटीले विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको छ । म्याग्दे १ स्थित बर्च्याङ स्थानीय देवी प्राथामिक विद्यालयका २३ जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको पार्टीका वडा कमिटी अध्यक्ष अनिल अधिकारीले बताए । अहिले प्राय सहयोग राजमार्ग र यसका आसपासका विद्यालयका विद्यार्थीलाई दिने प्रचलन बढिरहेको बेलामा सबै जनजाति पढ्ने गाउँको स्कुलमा पुगि सहयोग गरेको अधिकारीले बताए । विद्यालयमा आई सहयोग गरेकोमा विद्यालयका प्रअ कमला मगरले पार्टी वडा कमिटीलाई धन्यवाद दिएकी छन् । सहयोग कार्यक्रममा पार्टीका वडाका सबै जसो कार्यसमिति , शिक्षक र विद्यार्थीहरूको सहभागीता रहेको थियो ।