Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एसईईको नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्ने तयारी 

  • 413
    SHARES
  • 413 Shares
  • काठमाडौं १३ असार 
    यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गर्न गएराति डेमो गरिएको छ । आज बिहान बोर्डका सदस्यहरुलाई डेमो देखाइँदै छ । आजै साँझ ५ बजे परीक्षाफल सार्वजनिक गर्ने तयारी गर्ने तयारी छ ।
    उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्तांक इन्ट्री गर्ने कामसमेत लगभग सकिएकाले आजै नतिजा प्रकाशन गर्न लागिएको हो ।
    असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार