Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको गौरब ः तनहुँ सभाहल निर्माण कार्य अन्तिम चरणमा

  • 279
    SHARES
  • 279 Shares
  • तनहुँको सदरमुकाम दमौलीमा निर्माणधीन गण्डकी प्रदेशकै गौरब ‘तनहुँ सभाहल’को निर्माण कार्य अन्तिम चरणमा पुगेको   छ ।  व्यासनगरपालिका–३ बिपी बनबाटिका नजिक निर्माण गरिएको उक्त सभा हलको हालसम्म ९० प्रतिशत निर्माण कार्य पूरा भई आगामी चैत्र मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।  भवनमा हाल फिनिसिङ गर्ने कार्य भैरहेको छ । भवन बाहिर एउटा क्वार्टर निर्माण, सभाहलसम्म पुग्ने बाटो निर्माण, प्रवेशद्वार र वाल लगाउने कार्य गरी करिब १० प्रतिशत निर्माण कार्य बाँकी रहेको छ । विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेपनि कोभिड–१९ का कारण नेपाल सरकारले लगाएको निषेधाज्ञाको समयमा निर्माण कार्य रोकिन पुगेको थियो । विसं ०७८ चैत्र मसान्तसम्म सम्पन्न गर्ने गरी पुन ः म्याद थप गरि निर्माण कार्य अघि बढाइएको सब शहरी विकास तथा भवन निर्माण विभाग कार्यन्वयन इकाई कास्कीका सब–इन्जिनियर धर्मराज बास्तोलाले जानकारी  दिए ।  कोरोनाका कारण लामो समय निर्माण कार्य अवरुद्द भएकोले सम्झौता अनुरुपमा निर्माण कार्य सम्पन्न गर्न नसकिएको उनले बताए । उक्त सभाहल करिब ७५० जना क्षमताको रहेको छ । नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष गरी रु.२३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माण गरिएको हो । उक्त भवनको निर्माण कार्यको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडाँैले पाएको उक्त भवन चार ढलानको रहेको छ ।  भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा उक्त भवन निर्माण अघि बढाइएको हो । विसं २०७४ पुस १३ मा सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने योजना रहेपनि बन्दाबन्दीका कारण उक्त सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न नसकिएको इन्जिनियर रेखा लामिछाने वाग्लेले जानकारी दिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार