जनचाहना न्यूज
दमौली १६ असार
तनहुँको व्यास नगरपालिका वडा नं २ दमौली स्थित सत्यवती माध्यमिक विद्यालयबाट २०८१ को एसइई परीक्षमा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि बधाई तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी व्यास नगरपालिका नगरप्रमुख बैकुण्ठ न्यौपानेले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त विद्यालयबाट तीन सय उन्नाइस जना सहभागी विद्यार्थीमध्ये तीन सय तीन जना पास भएका थिए भने १६ जना फेल भएका छन् । कार्यक्रममा व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी,प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल,शिक्षक अभिभावक संघका अध्यक्ष एवं पदाधिकारी,शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त विद्यालयमा तीन सय उन्नाइस जना विद्यार्थीले एसइइ परीक्षा दिएका थिए । जसमध्ये तीन सय तीन जना पास भएका छन् । व्यास नगरपालिका वडा नं ५ कन्टार निवासी अन्वेषिका शर्माले ३.९८ जिपिए ल्याएर उत्कृष्ट बन्न सफल भएकी छन् । जसमा ३.६ माथि ९२,३.२ देखि ३.६ सम्म एक सय तेह्र,२.८ देखि ३.२ ८२,२.४ देखि २.८ सम्म १५ जना रहेका छन् । कूल पास प्रतिशत ९४.९८ रहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij