मिनराज रामदाम
ऋषिङगाउँपालिका ४ स्थित बाल विकास माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि ऋषिङ गाउपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै बाल विकास ऋषिङ गाउँपालिकाकै मुख्य शैक्षिक संस्था भएको बताए । यस क्षेत्रको विकासमा गाउँपालिकाले कुनै कसर बाँकी नराख्नेमा उनले जोड दिए । आफु निर्वाचित भएदेखि नै भिरकोट क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिएर काम गर्दै आएको छु उनले भने । यसैबीच कार्यक्रमका विशिष्ट अतिथि बरिस्ठ समाजसेवी डम्बरबहादुर विकले यस विद्यालयको विकासमा आफु सुरुबाट नै लागि परेको बताउँदै आगामी दिनमा पनि सधैं लागि पर्ने बताए ।
विद्यालयको शैक्षिक गुणस्तर उकास्न निरन्तर खबरदारी गर्नका लागि अभिभावकलाई सचेत गराउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा ऋषिङ गाउपालिकाका प्रशासकिय अधिकृत टीका बहादुर गोदार, शिव सरस्वती माविका विव्यस अध्यक्ष दान बहादुर श्रेष्ठ ,युवा उद्ममी बसन्त शदाशंकर ,जित वहादुर विक लगायतले शुभकामना व्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक बलराम रानाभाटका स्वागत तथा विद्यालायका प्रधानाध्यापक बल बहादुर मगरले समग्र विद्यालयको अवस्थाको बारेमा प्रतिबेदन पेश गरेका थिए । विद्यालयका विव्यस अध्यक्ष तथा ऋषिङ ४ का वडाअध्यक्ष भोजराज रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संचालन विद्यालयका सहायक प्रधानाध्यापक सुर्य कुमार घिमिरेले गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij