Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

युवा अभियान्ता गफ्फारले विद्यार्थीलाई दही चिउरा खुवाएर पोशाक वितरण गरे

  • 556
    SHARES
  • 556 Shares
  • जनचाहना न्यूज
    दमौली १८ असार 
    दमौलीका युवा अभियान्ता मोहम्मद  गफ्फार९ सुदिप०ले व्यास नगरपालिका वडा नं ६ अमरेनी स्थित इन्दु माध्यमिक विद्यालयमा अध्ययनरत  पाँच जना विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।  विद्यालयको कक्षा २, ६, ७ र ८ मा अध्ययनरत बालबालिकाका लागि पोशाक माग भएपछि गफ्फारले सहयोग गरेका हुन् । गत असार १५ गते दही चिउरा कार्यक्रममा सङ्कलित रकमबाट उनीहरुलाई पोशाक सहयोग गरेका हुन् । उक्त विद्यालयका विद्यार्थीलाई ६ हजार मूल्य बराबरको पोशाक वितरण गरिएको बताइएको छ । 
    अभियान्ता गफ्फारको कामले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको  विद्यालयका प्रधानाध्यापक सन्तोष न्यौपानेले बताए ।  अभियान्ता  गफारले विद्यार्थीका लागि आवश्यक पर्ने विद्यालय पोशाक, विद्यालय जुत्ता र शैक्षिक सामग्री वितरण कार्यले शिक्षा लिन सहजीकरण  भएको उनले बताए । 
    गफ्फारले असार १५ गते दही चिउरा वितरण गरी रु २८ हजार ७ सय ५० सङ्कलन गरेका थिए । उक्त रकमबाट विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको सो अवसरमा स्पष्ट पारे । असार १५ लाई एक पर्वको रुपमा मनाइएको उल्लेख गर्दै पर्वलाई उत्साहजनक  मनाउनुका साथै सामाजिक कार्यमा प्रयोग गर्न रकम संकलन गरिएको गफ्फारले बताए। कार्यक्रममा सुशील लामगादे बि। क।९ आकाश० ले गफ्फारलाई पोशाक वितरण कार्यमा सहयोग गरेका थिए।
       

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार