जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार दमौलीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा,सेवा प्रवाह र नागरिक प्रति प्रहरीको व्यवहार लगायतका बिषयका बारेमा जानकारी लिन प्रहरीले सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
विगतका दिनमा प्रहरीका गल्ती,कमीकमजोरी भए आगामी दिनमा सुधार गर्दै अघि बढ्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रहरीले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै प्रभावकारी सेवा प्रदान गर्न आफुले जोड दिदै आएको बताए । कानुन कार्यन्वयन गर्न आमनागरिकको सहयोग आवश्यक पर्ने हुँदा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै सबैले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । तनहूँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जिल्लाबासीको धनजनको सुरक्षाको लागि प्रहरी सदैब सक्रिय र सकारात्म भएर लागेको बताए । सुन्दर र भयरहित तनहूँ बनाउन लागिएको उल्लेख गर्दै आम नागरिकको बिचार र भावनलाई समेट्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा सहभागि नागरिकहरुले सवारी दुर्घटना न्यूनिकरण,ट्राफिक जाम,लागुऔषध नियन्त्रण,सूचना प्रवाहमा ढिलाई,अव्यवस्थित पार्किङ,सिसी क्यामेरा प्रयोग बिहीन लगाएका बिषयहरु उठान गरेका थिए । तनहूँ उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले सार्वजनिक सवारीसाधानमा हुने अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरिनुपर्ने बताए । नागरिकलाई कुन गाडीमा चढ्ने भन्ने अधिकार हुन्छ तर यहाँ गाडीवालाले तानातान गर्ने प्रवृत्ति मौलाउँदै गएको उनले सो अवसरमा बताए । दमौली बजार क्षेत्रमा जडान गरिएका अधिकाँश सिसी क्यामेरा प्रयोग विहीन अवस्था रहेकोले त्यसतर्फ ध्यान व्यवसायी सरोज भण्डारीले बताए । बजार क्षेत्रमा हुने चोरी,डकैतीका घट्ना न्यूनिकरण गर्न सिसी क्यामेराको भूमिका महत्वपूर्ण हुने हुँदा क्यामेरालाई चुस्त दुरुस्त राख्न उहाँले सुझाव दिए । नेकपा माओवादी केन्द्रका युवा नेता अतिन्द्रकेशरी न्यौपानेले प्रहरीलाई कर्तव्य पालनाको क्रममा कुनै पनि पार्टीले हस्ताक्षेत्र गर्न नहुनमा जोड दिए । संञ्चारकर्मी मदन वाग्लेले अधिकाँश सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरी सहज रुपमा सूचना प्रवाह गर्न आग्रह गरे । अनुसन्धानमा रहेका सुचना बाहेक अन्य सूचना जति सक्दो चाँडो प्रदान गर्न प्रहरी कार्यालयले पनि भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ,दमौली बजार इकाई,यातायात व्यवसायी,नागरिक समाज,व्यवसायी,संञ्चारकर्मी लगायत क्षेत्रबाट नागरिकहरु सहभागि भएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij