Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एसइईमा सफल टोलका पाँच विद्यार्थीलाई बधाई र सम्मान

  • 557
    SHARES
  • 557 Shares
  • जनचाहना न्यूज
    दमौली २१ असार 
    जिल्लाको व्यास नगरपालिका वडा नं १ गल्बुवेशीस्थित छाव्दी प्रवेशद्वार टोल विकास संस्थाले २०८१ को एसइई परिक्षामा सफल नजिता प्राप्त गर्ने टोलका ५ जना विद्यार्थीलाई शनिबबर बधाई तथा सम्मान गरेको छ । 
    एसइई परीक्षामा सफल नतिजासँगै आगामी अध्ययनको यात्राको बाटो खुला भएको भन्दै सम्मान पत्रसहित विद्यार्थीलाई बधाई ज्ञापन गरिएको हो । 
    सम्मानीत हुने विद्यार्थीमा निकेश सिंह गुरुङ, रेजिना लम्साल, मुनभिका गुरुङ, प्रनिसा श्रेष्ठ र सन्चिता अधिकारी रहनुभएको छ । व्यास नगरपालिका १ नं का वडा अध्यक्ष रमेशचन्द्र हड्खलेले सम्मानपत्र, छाव्दीप्रवेशद्वार टोल विकास संस्थाका अध्यक्ष रामजी तिमिल्सिनाले माला र छाव्दीप्रवेशद्वार बालक्लवका अध्यक्ष सुहाना श्रेष्ठले पुष्पगुच्छा प्रदान गरेर विद्यार्थीलाई बधाई ज्ञापन गरिएको टोल विकास संस्थाले जनाएको  छ ।  
    बधाई ज्ञापन गर्दै वडा अध्यक्ष हड्खलेले एसइई परीक्षामा उत्र्रीण विद्यार्थीको आगामी अध्ययनको सुखद् यात्रा सुरुवात गराएको बताउनुभयो । कार्यक्रममा शिक्षाविद् चिजकुमार श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्ष रामजी तिमिल्सिना, गल्बुवेशी टोल सुधार आमा समुहका अध्यक्ष सीता गोदार र छाव्दी प्रवेशद्वार बाल क्लवका अध्यक्ष सुहाना श्रेष्ठ लगायतले विद्यार्थीलाई अझ मेहनतको साथ अध्ययन गरी टोलको नाम उच्च राख्न आग्रह गर्नुभएको थियो । 
    सम्मानीत विद्यार्थीले आफूहरुले उच्च शिक्षामा समेत लगनशीलताको साथ अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा टोल विकास संस्थाका मानिसहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार