Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिकाद्वारा एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बधाई तथा शुभकामना 

  • 515
    SHARES
  • 515 Shares
  • जनचाहना न्यूज
    दमौली २२ असार 
    व्यास नगरपालिका कार्यालयको आयोजनामा एसइई परीक्षा २०८१ मा सर्बोत्कृष्ट नतिजा हासिल गर्ने सस्थागत र सामुदायिक बिद्यालयका विद्यार्थीलाई आइतबार बधाई तथा शुभकामना प्रदान गरिएको छ ।  संस्थागत विद्यालय शान्ति बर्षा माविकी स्नेहा गिरी ४ जिपिए र सत्यवती माध्यमिक विद्यालयबाट अन्बेशिका शर्माले ३.९८ जिपिए ल्याउन सफल बन्नुभएको थियो ।  

    111.jpg
    ३.९० जिपिए भन्दा माथि ल्याउने सत्यवती माविका २१ जना विद्यार्थीमध्ये १६ जना, शान्ति वर्षा र पराशर माविबाट २–२ जना एक जना गोरखकाली आवासीय विद्यालयबाट रहेका छन्।  यस वर्ष व्यास नगरको सफलता दर ७५.५ प्रतिशत रहेको छ, जुन तनहुँ जिल्लाको औसत ६४.३२ प्रतिशत र राष्ट्रिय औसत ६१.८१ प्रतिशत भन्दा उच्च रहेको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने,उपप्रमुख इन्दिरा दरै,प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे,शिक्षा शाखा प्रमुख केदार आचार्य लगायतकाले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार